Kathmandu Press

धरानमा तेह्रथुमका कोरोना संक्रमितको युवकको मृत्यु

धरान, असोज १९ :  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तेह्रथुमका कोरोना संक्रमित युवकको मृत्यु भएको छ। म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय...
धरानमा तेह्रथुमका कोरोना संक्रमितको युवकको मृत्यु
सांकेतिक तस्वीर।

धरान, असोज १९ :  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तेह्रथुमका कोरोना संक्रमित युवकको मृत्यु भएको छ। 

म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय युवकको सोमबार उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो। प्रतिष्ठानका अनुसार ती युवकको सोमबार बिहान साढे ९ बजे मृत्यु भएको हो।

आइतबार कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबारमात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। ती युवक मिर्गौलाका दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ।
 

प्रकाशित मिति: ००:२० बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्