फिल्म ‘बेलीबटम’ मार्फत अक्षय देखिने भए ८० काे दशकमा
कठमाडौं, असोज १९ : बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘बेलीबटम’को ट्रेलर सार्वजनिक भएको छ। एक रेट्रो स्पाई थ्रिलर ड्रामामा आधारित फिल्मको टे«लर अक्षयले...
कठमाडौं, असोज १९ : बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘बेलीबटम’को ट्रेलर सार्वजनिक भएको छ।
एक रेट्रो स्पाई थ्रिलर ड्रामामा आधारित फिल्मको टे«लर अक्षयले इन्टाग्राममार्फत सेयर गरेका हुन्। ३० सेकेन्डको यस टे«लरमा अक्षय बेल बटम पाइन्ट लगाएर प्लेनको नजिक जाँदै गरेको देख्न सकिन्छ।
उक्त टे«लरमा अक्षयबाहेक अन्य पात्रलाई भने देखाइएको छैन । स्कटल्याण्डमा सुटिङ भएको यस फिल्मको ट्रेलरले दर्शकलाई ८० को दशकमा लैजाने कोशिस गरेको छ। टिपटम सुटबुटमा देखिएका अक्षय पानी जहाजमा स्टालिक्स लुक्समा देखिएका छन्।
फिल्मको कथावस्तु असीम अरोडा र परवीज शेखले लेखेका हुन्। अक्षयको साथमा वाणी कपूर, हुमा कुरैशी र लारा दत्तको अभिनय देख्न पाइन्छ । रंजीत एम तिवारीको निर्देशन रहेको फिल्मलाई पूजा इन्टरटेनमेन्ट र एम इन्टरटेनमेन्ट ब्यानरमा बनेको हो।
यस फिल्मको लागि अक्षयले १८ वर्षदेखिको आफ्नो नियम तोडेका छन्। दैनिक ८ घण्टा काम गर्दै आएका उनले बेलबटममा दोब्बर समय दिएर काम गरेका छन्। फिल्म टिमको आर्थिक नोक्सान बचाउनका लागि उनले कामको समय बढाएका हुन्। फिल्म सन् २०२१ को अप्रिल २ रिलिज हुनेछ।












