Kathmandu Press

सुनसरीमा थपिए १२२ जना कोरोना संक्रमित

काठमाडौं, असोज १९ : सुनसरीमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको परीक्षणमा सुनसरीमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि...
सुनसरीमा थपिए १२२ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १९ : सुनसरीमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा सुनसरीमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा थपिएका नयाँ कोरोना संक्रमितमध्ये ६३ पुरुष र ५९ महिला रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। संक्रमितमध्ये ६५ हजार २०२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५५४ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: २२:१९ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्