Kathmandu Press

झापामा कोरोना संक्रमित पुरुषको मृत्यु

विर्तामोड, असोज १९ :  झापामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत विर्तामोड नगरपालिका–५ मा कोरोना संक्रमणबाट ८२...
झापामा कोरोना संक्रमित पुरुषको मृत्यु
सांकेतिक तस्वीर।

विर्तामोड, असोज १९ :  झापामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत विर्तामोड नगरपालिका–५ मा कोरोना संक्रमणबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले जानकारी दिए।

दमका रोगी उनलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो। संयोजक खड्काका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो। उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो। 

आइतबार बिहान ९ बजे उनको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिए। योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
 

प्रकाशित मिति: २१:२८ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्