Kathmandu Press

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो
फाइल तस्वीर।

काठमाडौं, असोज १९ : सुनमा मूल्यमा सामान्य गिरावट आएको छ। 

आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ। आइतबारको तुलनामा छापावाला सुन ४०० रुपैयाँले घटेको हो। 

यस्तै, तेजाबी सुन आइतबारको तुलनामा चार सस रुपैयाँले ओरालो लागेको छ। आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार भने प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। 

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला  एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा नै कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। 

प्रकाशित मिति: २१:२१ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्