विकाससम्बन्धी गलत नीतिले विपद्का घटना नित्यायो : गृहमन्त्री थापा
काठमाडौं, असोज १९ : गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी बनाउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका...
काठमाडौं, असोज १९ : गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी बनाउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।
राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा उनले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको बताए। मुलुकमा बाढीपहिरो, डुबान र चट्याङलगायत घटनामा वर्षमा सरदर एक हजार व्यक्तिको मृत्यु हुनुका साथै आवास, पूर्वाधार र बालीनाली गरी अर्बौंको क्षति हुँदै आएको छ।
प्राकृतिक प्रकोप र विपद् जोखिमलाई न्यूनीकरण गर्न सहजताका लागि सरकारले आवश्यक ऐन, कानून निर्माण भइसकेको उनले बताए। ‘औद्योगिक मुलुकले लिएको विकाससम्बन्धी गलत नीतिले पृथ्वीको तापक्रम बढन गई जलवायु परिवर्तनमा आएको असरको कारण अनेकौं खाले विपद्का घटना निम्त्याएको छ,’ उनले भने।
गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

