कोरोना रोकथाममा सरकार उदासीन : कांग्रेस
काठमाडौं, असोज १९ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारी उदासीनताका कारण कोरोना संक्रमण रोकथाम हुन नसकेको आरोप लगाएको छ।कांग्रेसको कोभिड–१९ अनुगमन समिति संयोजक...
काठमाडौं, असोज १९ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारी उदासीनताका कारण कोरोना संक्रमण रोकथाम हुन नसकेको आरोप लगाएको छ।
कांग्रेसको कोभिड–१९ अनुगमन समिति संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा समुचित आइसोलेसन अभावमा संक्रमितको विचल्ली भएको र कन्ट्याक ट्रेसिङ हुन नसकेको उल्लेख छ।
डेरामा बस्ने वा बाहिरबाट आएर परीक्षण गर्दा पोजिटिभ देखिएकाले आइसोलेसन माग गर्दा केही दिनपछि सम्पर्क गर्नु भनेर सम्बन्धित निकायले फर्काउने गरेको भन्दै त्यसले गर्दा संक्रमण भएको लुकाउने पर्ने अवस्था आएको विज्ञप्तिमा जनाइएको छ।
‘यसले गर्दा संक्रमण झन् बढ्ने खतराप्रति सरकार पुरै उदासिन छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको मापदण्ड अनुरुपको आफ्नो बस्ने व्यवस्था छैन, ती संक्रमितलाई अनिवार्यरुपमा सरकारले आइसोलेसनको तत्काल समूचित व्यवस्था गर्न जोडदार माग गर्दछौं।’
विज्ञप्तिमा कोरोनाको लक्षण देखिएकालाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्न पनि माग गरिएको छ।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

