बागलुङका बाढी पहिरो पीडितलाई कांग्रेसले वितरण गर्यो ४२ लाखको राहत
बागलुङ, असोज १९ : नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्वर २ ले बाढी पहिरोका कारण घरबारविहिन भएका ढोरपाटन नगरपालिकाका ७५ घर परिवार, स्थानीय विद्यालय र...
बागलुङ, असोज १९ : नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्वर २ ले बाढी पहिरोका कारण घरबारविहिन भएका ढोरपाटन नगरपालिकाका ७५ घर परिवार, स्थानीय विद्यालय र लघुजलविद्युत आयोजनाहरुलाई ४२ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान राहत स्वरुप वितरण गरेको छ।
ढोरपाटन नगरपालिकाको वडा नम्वर ७, ८ र ९ मा गत साउनमा गएको बाढीका कारण ३६ जनाले ज्यान गुमाउनुका साथै करोडौंको घनमाल नष्ट भएको थियो। कांग्रेसले बाढी पहिरोका कारण ज्यान गुमाएका ३६ वटौ परिवार र पहिरो प्रभावितहरुको लागि नगद, जस्तापाता, खाद्यन्न लगायतको राहत वितरण गरेको हो।
कांग्रेस बागलुङका युवा नेता जित शेरचन, युवा नेता टेकराज पाैडेल लगायत स्थानीय नेताहरुकाे पहलमा पार्टीको क्षेत्रीय र जिल्ला कार्यसमितिको पहलमा विभिन्न चरणमा बाढी पीडितहरुलाई राहत वितरण गरिएको हो। बाढी पहिरोका कारण ज्यान गुमाएका मृतक परिवारका सदस्यलाई प्रति परिवार ७ हजार नगद, पूर्ण घर क्षति भएका ७५ घर परिवारलाई प्रति परिवार २/२ बन्डल जस्तापाता, ३० किलो चामल, ५ किलो चिउरा, १ बक्स चाउचाउ, बिस्कुट, नुन, आटालगायतका राहत वितरण गरेको छ।
त्यस्तै घाइते ३ जनालाई प्रति व्यक्ति ५ हजार रुपैयाँ प्रदान गरेको छ भने घरको आंशिक क्षति भएका ४० घर परिवार ई प्रति परिवार ३० किलो चामल, ५ किलो चिउरा, १ बाक्स चाउचाउ, बिस्कुट नुन आटालगायतका सामाग्री प्रदान गरेको छ।
त्यस्तै घर भाडामा बस्ने, अपाङ्ग, एकल महिला गरि ३५ घर परिवारलाई प्रति परिवार ३० किलो चामल, ५ किलो चिउरा, १ बाक्स चाउचाउ, बिस्कुट, नुन, आटा वितरण गरेको छ।
त्यस्तै बाढिपहिरोका कारण क्षति पुगेको स्थानीय जनचेतना प्राविलाई १० बन्डल जस्तापाता पनि वितरण गरिएको छ । लाकुरिबोट स्वास्थ्य चौकीलाई ४ बन्डल जस्तापाता, चौरासी लघुजलविद्युत आयोजनालाई ४ बन्डल जस्तापाता, फल्लेघर लघुजलविद्युत आयोजनालाई ४ बन्डल जस्तापाता, घट्टबत लघुजलविद्युत आयोजनालाई ४ बन्डल जस्तापाता र नेपाने देउरालीखोला लघुविद्युत आयोजनालाई ४ बन्डल जस्तापाता वितरण गरिएको छ।
ढोरपाटन नगरपालिका ७ का ५ परिवारलाई प्रति परिवार २ बन्डल जस्तापाता गरि १० बन्डल जस्तापाता वितरण गरिएको छ।
बाढी पहिरो प्रभावित घर परिवार, विद्यालय, लघुविधुत आयोजनालाई जम्मा गरि १ सय ९४ बन्डल जस्तापातासहित विभिन्न खाध्य सामाग्री वितरण गरिएको शेरचनले जानकारी दिए।
उक्त राहत संकलन तथा वितरण कार्यमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सभापति दिपेन्द्र थापा, युवा नेता टेकराज पाैडेल, महासमिति सदस्य अर्जुन शेरचन, क्षेत्रीय सभापति द्रोर्ण कुँवर , तरुणदल बागलुङका कोषाध्यक्ष देबेन्द्र मगरलगाएयतको सहभागिता थियो।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

