Kathmandu Press

साढे ६ महिनापछि राधेको सेटमा फर्किए सलमान

मुम्बई, असोज १९ : बलिउड अभिनेता सलमान खान साढे ६ महिनापछि फिल्मको सुटिङमा फर्किएका छन्। उनले फिल्म राधेको सुटिङ सुरु गरेका छन्।कोरोना भाइरसको...
साढे ६ महिनापछि राधेको सेटमा फर्किए सलमान

मुम्बई, असोज १९ : बलिउड अभिनेता सलमान खान साढे ६ महिनापछि फिल्मको सुटिङमा फर्किएका छन्। उनले फिल्म राधेको सुटिङ सुरु गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण भारतमा गरिएको लकडाउनले राधेको सुटिङ रोकिएको थियो। लकडाउन खुलेसँगै सलमानले सुटिङ सुरु गरेका हुन्।

Hardik ivf

उनले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै राधेको सुटिङ सुरु भएको जानकारी दिएका छन्। उनले फोटोसँग लेखेका छन्, 'साढे ६ महिनापछि सेटमा फिर्ता हुँदा खुशी लागिरहेको छ। राधे इदमा रिलिज हुने तय भएको थियो, तर लकडाउनका कारण पूरा नहुने भएको छ।'

यस्तै, दिशा पाटनीले पनि इन्स्टाग्राम स्टोरी सेय गर्दै राधेको सुटिङ सुरु भएको जनाएकी छन्।  उनले पनि सेटमा फर्किदाँ खुशी भएको जनाएकी छन्।

सलमानको यो फिल्मको सुटिङ करजल र मेहबुब स्टुडियोमा हुनेछ। अतुल अग्निहोत्रीको निर्माण रहेको फिल्म प्रभु देवाले निर्देशन गरिरहेका छन्। यसमा सलमान, दिशा पाटनी, जैकी श्राफ, रणदीप हुड्डाको अभिनय रहेको छ।

 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, असोज १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्