छोराको कुटपिटबाट बुबाको मृत्यु
गुल्मी, असोज १९ : गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ। इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट...
गुल्मी, असोज १९ : गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ। इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो।
आइतबार साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले जानकारी दिए। घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो।
मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर ग¥यो तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो। अस्पताल डुलाउँदा डुलाउँदै आज बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। अभियुक्त अनिल फरार छन्।
प्रकाशित मिति: १७:५८ बजे, सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

