साताको पहिलो दिन : नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं, असोज १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ। साताको पहिलो दिन नै सकारात्मक...
काठमाडौं, असोज १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ। साताको पहिलो दिन नै सकारात्मक देखिएको बजारले नयाँ लय समात्ने विश्वास गरिएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७ दशमलव ७१ बिन्दुले उकालो लागेर एक हजार ५८५ दशमलव ७५ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव १९ ले वृद्धि भई ३१२ दशमलव ३५ मा पुगेको छ। कूल १९५ कम्पनीको एक करोड सात लाख १३ हजार ३१२ कित्ता शेयर तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने वृद्धि भएको छ। जलविद्युत् १५ दशमलव २६ र सामूहिक लगानी कोष ० दशमलव ३५ ले घटेको छ। यस्तै बैंकिङ १५ दशमलव ५६, व्यापार १५ दशमलव ७७, होटल ११ दशमलव ८७, विकास बैंक २३ दशमलव ४९, वित्त २ दशमलव ४३, निर्जीवन बीमा २४ दशमलव ०७, उत्पादन १४५ दशमलव २६, अन्य ११ दशमलव १५, लघुवित्त ४ दशमलव ०३, जीवन बीमा ४५ दशमलव ०३ ले वृद्धि भएको छ।
कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २६ करोड ८६ लाख १२ हजार ६३८ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै नेपाल पुनरबीमा कम्पनी १९ करोड ४२ लाख ८८ हजार २९९ रुपैयाँ, एनसिसी बैंक ११ करोड ६२ लाख १० हजार ९४३ रुपैयाँ, हिमालयन डिस्टिलरी ११ करोड ४८ लाख ९३ हजार ४०१ रुपैयाँ, नेपाल बैंक १० करोड ६५ लाख ५० हजार ८९७ रुपैयाँ र कुमारी बैंक नौ करोड ७६ लाख आठ हजार ८०९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव ८४, शिवम् सिमेन्ट ९ दशमलव ५०, प्रोगेसिभ फाइनान्स ९ दशमलव ४५, छ्याङदी हाइड्रो पावर ७ दशमलव ५९, उन्नती सहकार्य लघुवित्त ६ दशमलव ९२ र लक्षमी बैंकका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतले कमाए। यस्तै, यूनियन हाइड्रोपावर ९ दशमलव ८४, दिव्यश्वरी हाइड्रोपावर ९ दशमलव ५७, खानीखोला हाइड्रोपावर ९ दशमलव ४०, नेशनल हाइड्रोपावर ७ दशमलव ६९, एनएमबी हाइब्रिड फण्ड ७ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतले गुमाए।










-1754206481.jpg)
