Kathmandu Press

चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने

काठमाडौं, असोज १८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ। कोभिड–१९...
चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने

काठमाडौं, असोज १८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ। 

कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो। बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए। त्यतिबेला दैनिक झण्डै ६० वटासम्म अर्डर आएकामा अहिले दैनिक झण्डै आठ÷नौ वटा मात्रै अर्डर आएका छन्। बन्दाबन्दीको समयमा नागरिक खाद्यान्न किन्न टाढा जान नसक्ने भएकाले बढी अर्डर आए पनि अहिले यातायात सहज भएकाले अर्डर कम भएको उनको भनाइ छ। उनले भभने, ‘नागरिकले सही मूल्यमा खाद्यान्न पाएमा यहीँबाट किन्नुपर्छ भन्ने पनि होइन।’ 

कम्पनीले सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्षित गरेर ‘होम डेलिभरी’ सुरु गरेको थियो। पहिले कम्पनीको मात्रै सामान राखिएकामा अहिले साल्ट ट्रेडिङ र दूग्ध विकास संस्थानको सहकार्यमा तीनै संस्थाको खाद्यान्न तथा खाद्य सामग्री एउटै स्थानबाट बिक्री भइरहेको छ। उपभोक्ताले ‘होम डेलिभरी’ मा पनि सूपथ मूल्यमा यी सामग्री पाउनेछन्।

दशैँ, तिहार, छठलगायत चाडँपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुपथ मूल्य पसल सुरु भएका छन्। तीनै संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेर बिक्री गरिरहेका छन्। लिमिटेडले खाद्यान्नमा प्रतिकिलो पाँच रुपैयाँसम्म छुट दिइरहेको छ। चामल, सीमी, फापरलगायतका सबै खाद्यान्नमा सामान्य अवस्थामा भन्दा छुटको व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: २३:०३ बजे, आइतबार, असोज १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्