सामाजिक सुरक्षा भत्ता नरोक्न सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार
काठमाडाैं, असाेज १८ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत चैत्र महिनादेखि कटौती भएको सामाजिक सुरुक्षा भत्ता भुक्तानी गर्न संघीय मामिला तथा...
काठमाडाैं, असाेज १८ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत चैत्र महिनादेखि कटौती भएको सामाजिक सुरुक्षा भत्ता भुक्तानी गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।
एक महिला र अति अशक्त अपांगता व्यक्तिको सामाजिक सुरक्षा भत्ता तत्काल भुक्तानी गर्दै नियमितरुपमा भत्ता दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो।
आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा समेत हालसम्म भुक्तानी हुँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्था मिलाउनुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको माग छ। 'आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा सबै प्रकारका समाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भनिएकाले सबैप्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबैप्रकारका सामाजिक सुरक्षा भत्ता व्यवस्थापनका लागि आदेशानुसार अनुरोध गर्दछु,' सामान्य प्रशासन मन्त्राालयलाई गरिएको पत्राचारमा उल्लेख छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला अपांगता भएका व्यक्ति ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले पाउँदै आएका समाजिक सुरक्षा भत्ता कटौती हुन नदिन र त्यसको निरन्तरताका लागि आफूले पलहकदमी गरिरहेको बताएका छन्।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

