Kathmandu Press

भीमफेदीमा सुमो दुर्घटना, दुईको मृत्यु

मकवानपुर, असोज १८ : मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना...
भीमफेदीमा सुमो दुर्घटना, दुईको मृत्यु

मकवानपुर, असोज १८ : मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। 

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उक्त सुमोमा चालकसहित आठ जना सवार थिए।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, असोज १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्