एनसेलले ल्यायो 'कुरै कुरामा उपहार' अफर
काठमाडौं, असोज १८ : एनसेलले चाडपर्वलाई लक्षित गरेर 'कुरै कुरामा उपहार' अफर ल्याएको छ।दशैं र तिहारमा ग्राहकका लागि नयाँ योजना ल्याएको एनसेलले जनाएको...
काठमाडौं, असोज १८ : एनसेलले चाडपर्वलाई लक्षित गरेर 'कुरै कुरामा उपहार' अफर ल्याएको छ।
दशैं र तिहारमा ग्राहकका लागि नयाँ योजना ल्याएको एनसेलले जनाएको छ। यसमा बोनस टक टाइमा आफन्तसँग कुराकानी गर्न सकिने जनाएको छ।
यससँगै साप्ताहिक र बम्पर उपहार पनि जित्न सकिने एनसेलले जनाएको छ। यो अफरअन्तर्गत सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गर्दा आकर्षक उपचार जित्न सक्ने जनाएको छ।
यो अफिर असोज १८ देखि मंसिर १३ गतेसम्म चल्नेछ। यसबारे १७१०७ मा डायल गरि जानकारी लिन सकिनेछ।
प्रकाशित मिति: १९:२३ बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
