Kathmandu Press

प्रियंकाको पुस्तक 'अनफिनिस्ड' सर्वाधिक बिक्री हुने पुस्तकको सूचिमा

काठमाडौं, असोज १८ : बलिउड अभिनेत्री प्रियंका चोपडाको पुस्तक 'अनफिनिस्ड' १२ घन्टामै चर्चित बनेको छ।यो पुस्तक प्रकाशित भएको १२ घन्टामै अमेरिकामा सर्वाधिक विक्री...
प्रियंकाको पुस्तक 'अनफिनिस्ड' सर्वाधिक बिक्री हुने पुस्तकको सूचिमा

काठमाडौं, असोज १८ : बलिउड अभिनेत्री प्रियंका चोपडाको पुस्तक 'अनफिनिस्ड' १२ घन्टामै चर्चित बनेको छ।

यो पुस्तक प्रकाशित भएको १२ घन्टामै अमेरिकामा सर्वाधिक विक्री हुने पुस्तकको सूचिमा परेको हो। प्रियंकाले खुशी हुँदै लेखेकी छन्, '१२ घन्टाको कम समयमै अमेरिकामा नम्बर एक बनाउनु भएकोमा धन्यवाद। मलाई विश्वास छ, यो पुस्तक तपाईलाई मन पर्नेछ।'

प्रियंकाको संस्मरणात्मक पुस्तक 'अनफिनिस्ड' ब्यालेन्टाइन बुक्सले प्रकाशन गरेको हो। यो पुस्तक अमेरिकी पाठकले खुब मन पराएका छन्।

Hardik ivf

प्रियंकाले सामाजिक सञ्जालमा पुस्तकको कभर सेयर गर्दै २० वर्ष अघि नै यसको नाम सोचेको बताएकी छन्। यो पुस्तक लेख्न सुरु गर्दा नै नाम सोचेको उनले जनाएकी छन्।

उनले पुस्तकबारे इन्स्टाग्राममा थुप्रै भिडियो पनि सेयर गरेकी छन्। उनले आफ्नो संघर्ष पुस्तकमा उतारेको बताएकी छन्। यसमा हलिउड यात्रा तथा निक जोनससँगको विहेबारे पनि यसमा उल्लेख गरेकी छिन्।

अहिले उनी हलिउडमा काम गरिरहेकी छन। बलिउडमा उनले पछिल्लो फिल्म 'द स्काई इज पिन्क'मा काम गरेकी थिइन्। उनले नै यो फिल्म निर्माण गरेकी थिइन्।

 

 

प्रकाशित मिति: १८:४९ बजे, आइतबार, असोज १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्