Kathmandu Press

विदेशमा रहेका ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौं, असोज १८ : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट  विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएन)का...
विदेशमा रहेका ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौं, असोज १८ : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट  विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन्।

संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना संक्रमित भएका छन्। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ।  समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ।

यस साता स्पेन, भारत, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको एनआरएन कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।  

यस्तै नेपालमा मात्र ८४ हजार ५७० जना कोरोना भाइरसबाट संक्रमित तथा ६२ हजार ७४० जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो  हालसम्म नेपालमा ५२८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। 
 
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये  ९८ हजार ६५६  कोरोना भाइरसबाट मुक्त भएका छन्।

संघको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ। डा सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नाको अर्को विकल्प नभएको हुँदा सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गरेका छन्। उनले कोरोना संक्रमणको आशङ्का लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न पनि अनुरोध  गरेका छन्।

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, असोज १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्