Kathmandu Press

कोरोनाका कारण कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द

काठमाडौं, असोज १८ : नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द गरिएको छ।कांग्रेस केन्द्रीय समितिको बैठकका लागि असोज १५ गते...
कोरोनाका कारण कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द

काठमाडौं, असोज १८ : नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द गरिएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठकका लागि असोज १५ गते दुई सय ७० जना पदाधिकारी, केन्द्रीय सदस्य र कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। शनिबार आएको रिपोर्टमा कांग्रेस केन्द्रीय सदस्य गगन थापासहित ७० जनामा संक्रमण पुष्टि भएको थियो।

नेताहरुमा संक्रमण देखिएपछि आजदेखि पाँच दिनसम्मका लागि केन्द्रीय कार्यालय बन्द गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार असोज २२ गतेसम्म कार्यालय बन्द रहनेछ।

 

प्रकाशित मिति: १७:२० बजे, आइतबार, असोज १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्