Kathmandu Press

कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

चनाैटा, असोज १८ : कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ।नेपाल बोर्डर आउट...
कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ
सांकेतिक तस्वीर।

चनाैटा, असोज १८ : कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ।

नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका-२ का ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको जानकारी दिए।

विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए। 

बरामद गरिएको रकममा ५०० रुपैयाँ दरका ४०० थान र दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ। उक्त भारुको नेपालमा ६ लाख ४० हजार रूपैयाँ हुन्छ। पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।
 

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, असोज १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्