Kathmandu Press

कैलालीको गौरिगंगा नगरपालिकाका मेयरलाई कोरोना संक्रमण 

धनगढी, असोज १७ : कैलालीको गौरिगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ।शुक्रबार गरिएको परीक्षणमा मेयर देउवालाई कोरोना संक्रमणल पुष्टि भएको...
कैलालीको गौरिगंगा नगरपालिकाका मेयरलाई कोरोना संक्रमण 

धनगढी, असोज १७ : कैलालीको गौरिगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको परीक्षणमा मेयर देउवालाई कोरोना संक्रमणल पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीर्घराज जोशीले जानकारी दिए।  कन्ट्याक्ट ट्रेसिङमा परेपनि मेयर देउवासहित नगरपालिकाका कर्मचारीले कोरोना परीक्षण गराएका थिए। 

नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएपछि मेयर देउवासहितको स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा मेयर देउवासहित नगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ। 

कोरोना पुष्टि भएका मेयर देउवासहित १३ जनामै कुनै लक्षण भने नदेखिएको जोशीले जानकारी दिए। उनका अनुसार मेयर देउवा होम आइसोलेसनमा बसेका छन्। 
 

प्रकाशित मिति: २०:०० बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्