चितवनमा कोरोना संक्रमित ३५ वर्षीय पुरुषको मृत्यु
चितवन, असोज १७ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको पुरानो मेडिकल...
चितवन, असोज १७ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए।
असोज १५ गते कलेजोको समस्या भएर अस्पताल भर्ना भएका ती पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।
प्रकाशित मिति: १९:२२ बजे, शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

