Kathmandu Press

वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धरान, असोज १७ : सुनसरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इनरुवा–४ की २८...
वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
फाइल तस्वीर।

धरान, असोज १७ : सुनसरीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इनरुवा–४ की २८ वर्षीया महिलाको शनिबार साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन। असोज ८ गते वीपी प्रतिष्ठानमा परीक्षण गर्दा ती महिलामा कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन ती महिला उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्।
 

प्रकाशित मिति: २०:१९ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्