Kathmandu Press

कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई एम्बुलेन्स

काठमाडौं, असोज १७ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लालाई  अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको...
कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई एम्बुलेन्स

काठमाडौं, असोज १७ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लालाई  अत्याधुनिक एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स प्राप्त भएको हो ।

कोरोना भाइरसको चपेटामा परेको कर्णालीका लागि भएको एम्बुलेन्स सहयोगले कर्णालीवासीको स्वास्थ्य सेवा प्रवाह सहज हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा.मङ्गल रावलले जानकारी दिए । 

डा.रावलले भने “दूतावासले यो वर्ष नेपाललाई तीनवटा अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको छ । ती तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका छन् ।” एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोरजी मोबाइल डिभाइस जडान गरिएको उनले जानकारी दिए ।    

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीमा यस वर्ष भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र छ बस प्रदान गरेको थियो । सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ । 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्