Kathmandu Press

संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन् : अध्यक्ष यादव

काठमाडौं, असोज १६ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको संघर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन्। पार्टीको अगुवा...
संविधान संशोधनपछि मात्र उपलब्धिहरु संस्थागत हुन्छन् : अध्यक्ष यादव

काठमाडौं, असोज १६ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन भए मात्र जनताको संघर्षबाट प्राप्त उपलब्धि संस्थागत हुने बताएका छन्। 

पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सप्तरीको बोदे बर्साइनमा सम्बोधन गर्दै अध्यक्ष यादवले तत्काल संविधानमा भएका त्रुटि संशोधन गरी प्राप्त उपलब्धि संस्थागत गर्नुपर्नेमा जोड दिए। 

मुुलुकका पुराना शक्ति काँग्रेस र कम्युनिष्ट असफल भइसकेको विचार व्यक्त गर्दै उनले मधेशमा भएका शक्तिलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर वैैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु जुटेको उनको भनाइ थियो। 
अध्यक्ष यादवले पार्टी एकता भएर समायोजनको प्रक्रियामा रहेको पनि बताए। 
 
भेलामा पार्टीका नेता तथा प्रदेश नं २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर सिंह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, विन्देश्वर यादव, नेत्रविक्रम साह तथा अगुवा नेता कार्यकर्ताको सहभागिता थियो।

प्रकाशित मिति: ०१:०६ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्