Kathmandu Press

अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउन निर्देशन

काठमाडौं, असोज १६ : प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महामारीका कारण अपाङ्गता भएका महिलाको जीवनयापनमा सहज बताउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारस्थित...
अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउन निर्देशन

काठमाडौं, असोज १६ : प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महामारीका कारण अपाङ्गता भएका महिलाको जीवनयापनमा सहज बताउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले त्यस्ता महिलाको समस्या नीतिगत, व्यवहारगत हिसाबले समाधान गरी तीन तहको सरकारबीच प्रभावकारी समन्वय, सहकार्यका साथ हित प्रवद्र्धन गर्न समितिले निर्देशन दिएको हो।

समितिका सभापति नीरुदेवी पालले नेपालमा १ दशमलव ९४ प्रतिशत जनसङ्ख्याका अपाङ्गता भएका व्यक्ति  कोभिड –१९ का कारण बढी प्रभावित भएको देखिएको हुनाले दैनिक जीवनयापनमा अवरोध हुन नदिन सरकारले ध्यान दिनुपर्ने बताइन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तको व्यवस्थापन स्थानीय तहको एक अधिकार सूचीमा पर्छ।

प्रकाशित मिति: ००:५८ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्