Kathmandu Press

रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाको पुनःनिर्माण सम्पन्न

ललितपुर, असोज १६ : ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणअन्र्तगत पहिलो तला निर्माणको सम्पन्न भएको छ। विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो...
रातो मच्छिन्द्रनाथ मन्दिरको पहिलो तलाको पुनःनिर्माण सम्पन्न

ललितपुर, असोज १६ : ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणअन्र्तगत पहिलो तला निर्माणको सम्पन्न भएको छ। विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो मन्दिर पुनःनिर्माण गर्न गत असार १५ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएको थियो। मन्दिर पुनःनिर्माणमा तीन करोड २१ लाख रुपैयाँ रकम सम्झौता भएको थियो।

लगभग एक हजार ५०० वर्ष अघि शिखर शैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम हालसम्म करीब ४० प्रतिशत सम्पन्न भएको र २०७८ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण समाप्त गरिसक्नुपर्ने समयसीमा रहेको अध्यक्ष अमिर शाक्यले जानकारी दिए। मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदाल र २० वटा ढुङ्गाको थाम हाल्ने काम हिजो मात्र गरिसकेको उनले बताए। उनले भने, ‘यस मन्दिर पुनःनिर्माणमा ७० देखि ७५ प्रतिशत असाध्यै गाहे काम भने समाप्त हुनै लागेको छ।’ 

निर्माणाधीन मन्दिरमा आवश्यक सामान खरीद र कामदारलाई ज्याला गरेर एक करोड ४० लाख रुपैयाँ बराबरको काम गरिसकेको शाक्यको भनाइ छ। ‘मन्दिर पुनःनिर्माणमा प्रयोग भइरहेका काठ, इँट्टा, बालुवा, र प्राविधिक सामग्री धेरैजसो उधारोमा ल्याएर काम गरिरहेका छौं’, शाक्यले भने।

रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको ठुलो उत्सवको रुपमा हिन्दूलगायत बुद्ध धर्मावलम्बीले मनाउने गर्छन्। यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। भूकम्पबाट क्षति भएको यस मन्दिर श्रीलङ्का सरकारले निर्माण गर्ने भनिएपनि कसैबाट पनि चासो नदिएपछि हाल समितिले काम अघि बढाएको हो। 

प्रकाशित मिति: ००:२४ बजे, शनिबार, असोज १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्