Kathmandu Press

धरानमा कोरोना संक्रमितले महिलाले जन्म दिइन् स्वस्थ शिशु

धरान, असोज १६ : सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएकी छन्।झापा बिर्तामोडकी  २९ वर्षीया कोरोना...
धरानमा कोरोना संक्रमितले महिलाले जन्म दिइन् स्वस्थ शिशु

धरान, असोज १६ : सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएकी छन्।

झापा बिर्तामोडकी  २९ वर्षीया कोरोना संक्रमित गर्भवतीले स्वस्थ छोरी जन्माएकी हुन्। उनलाई असोज १२ गते संक्रमण पुष्टि भएको थियो।

वीपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए। साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो।

अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले जानकारी दिए। 

एक महिनाअघि पनि प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितले शिशु जन्माएकी थिइन्। ती आमा र शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ। 

प्रकाशित मिति: २३:०६ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्