नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : बाँस्कोटा
काभ्रे, असोज १६ : पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व...
काभ्रे, असोज १६ : पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताएका छन्।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले सरकारले वर्तमान परिस्थितिमिा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताएका हुन्।
‘महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ, तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि ?,’ उनले प्रश्न गरे।
बाँस्कोटाले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनप्रतिनिधि आवश्यक नपर्ने बताउँदै विकास नयाँनयाँ प्रविधिसहित निरन्तर भइरहने विषय भएको बताए। ‘अहिले हामी विकासका कामसँगै जनताको स्वास्थ्य-सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ, सरकारले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य-सुरक्षा दिनेछ, नागरिक पनि आफैँ सचेत बन्नुपर्छ,’ उनले भने।
बाँस्कोटाले पर्यटनको विकासका लागि बनेपामा आन्तरिक विमानस्थलको काम अघि बढिरहेको बताए। उनले नेकपामा उचित व्यक्तिलाई उचित स्थान दिँदै पार्टी निर्माण प्रक्रिया भावना र मर्मअनुसार चलिरहेको दाबी गरे।
‘सरकारका आलोचकलाई हाल सञ्चालन भइरहेका र सुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले गतिलो जवाफ दिइरहेको छ,’ उनले भने।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

