मोरङमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज १६ : मोरङमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, असोज १६ : मोरङमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा मोरङमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार थपिएका नयाँ संक्रमितमध्ये ८९ जना पुरुष र ६१ जना महिला रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ। संक्रमितमध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबार देशभर कोरोनालाई जितेर ३३०७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:३८ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

