सुर्खेतमा एकैदिन थपिए १२२ जना कोरोना संक्रमित
काठमाडौं, असोज १६ : सुर्खेतमा एकैदिन १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा सुर्खेतमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, असोज १६ : सुर्खेतमा एकैदिन १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा सुर्खेतमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार थपिएका नयाँ संक्रमितमध्ये ८२ जना पुरुष र ४० जना महिला रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ। संक्रमितमध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२० जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: २२:३३ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

