Kathmandu Press

ईशान र अनन्याको 'खाली पिली'का कयौं सिन कट

मुम्बई, असोज १६ : बलिउड फिल्म 'खाली पिली'का कयौं सिन सेन्टर बोर्डले काटेको छ।अभिनेता ईशान कट्टर र अभिनेत्री अनन्या पाण्डेको 'खाली पिली' ओटीटीमा...
ईशान र अनन्याको 'खाली पिली'का कयौं सिन कट

मुम्बई, असोज १६ : बलिउड फिल्म 'खाली पिली'का कयौं सिन सेन्टर बोर्डले काटेको छ।

अभिनेता ईशान कट्टर र अभिनेत्री अनन्या पाण्डेको 'खाली पिली' ओटीटीमा रिलिज हुँदै छ। त्यस्तै, यो फिल्म बेंगलोर र गुरुग्रामको हलमा पनि लाग्ने भएको छ।

तर, रिलिज हुनु अघि सेन्सर बोर्डले कयौं सिन काटेको छ। कयौं डाइलग र सिन अस्लिल एवं कामुक भएकाले काटिएको सेन्सर बोर्डले जनाएको छ।

त्यस्तै, थुप्रै ठाउँमा गालीकलौज भएका सिन पनि काटिएका छन्। फिल्मको गीत तहस नहसका पनि केही सिन काटिएको जनाएको छ।

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्