Kathmandu Press

चार्जमा राखेकाे मोबाइल चलाउँदा करेन्ट लागेर मृत्यु

रोल्पा, असोज १६ : मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको...
चार्जमा राखेकाे मोबाइल चलाउँदा करेन्ट लागेर मृत्यु

रोल्पा, असोज १६ : मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको बिहीबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारका लागि प्यूठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले बताए।

भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए।

 

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, असोज १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्