२७ स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि जुम्ला सदरमुकाम सिल
जुम्ला, असोज १६ : कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ।पछिल्लो २४ घन्टामा २७ स्वास्थ्यकर्मीसहित ४६...
जुम्ला, असोज १६ : कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ।
पछिल्लो २४ घन्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो। चन्दनाथ
नगपालिका अर्थात् सदरमुकाम खलंगाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए। बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलंगा क्षेत्र सिल गरिएको हो।
कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले बताए। अस्पतालले पनि अहिले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ।
प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

