Kathmandu Press

अमेरिकी चुनाव : रुस, चीन र इरान ट्रम्प वा बाइडन कसको जित चाहन्छन् ?

के रुसले डोनाल्ड ट्रम्पको नारा 'किप अमेरिका ग्रेट' लाई जारी राख्ने कोशिश गरिरहेको छ वा चीन जो बाइडनको प्रयासलाई बलियो बनाउन चाहन्छ। केही यस्ता प्रश्न छन्, जो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको मतदान विषयमा अमेरिकी खुफिया विभागमा उठिरहेका छन्।
अमेरिकी चुनाव : रुस, चीन र इरान ट्रम्प वा बाइडन कसको जित चाहन्छन् ?

काठमाडौं, असोज १६ : के रुसले डोनाल्ड ट्रम्पको नारा 'किप अमेरिका ग्रेट' लाई जारी राख्ने कोशिश गरिरहेको छ वा चीन जो बाइडनको प्रयासलाई बलियो बनाउन चाहन्छ। केही यस्ता प्रश्न छन्, जो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको मतदान विषयमा अमेरिकी खुफिया विभागमा उठिरहेका छन्।

अमेरिकाका एक उच्च अधिकारी रुस, चीन र इरानतर्फ इंकित गर्दै अमेरिकी मतदातालाई प्रभावित गर्न विदेशी शक्तिले गोप्य र प्रत्यक्ष तरिका अपनाउन सक्ने भन्दै सचेत हुनुपर्ने बताउँछन्। खुफिया विभागले यद्यपी यी तीन देशमा एकै सम्झन नहुने र हरेक देशका आफ्ना उद्देश्य र क्षमता भएको बताएको छ।

के रुसले हस्तक्षेप गरिरहेको छ ?

Hardik ivf

सन् २०१६ को राष्ट्रपति चुनाव र त्यसको परिणाममा रुसको भूमिका रहेको आरोप लागेको थियो। अमेरिकी खुफिया विभाग रुसले डोनाल्ड ट्रम्पको पक्षमा मतदान गराउन सहयोगको कोशिश गरेको बताउँछ। यसका लागि उसले केही घटनालाई उदाहरणका रुपमा प्रस्तुत गर्छ।

जस्तो कि ट्रम्पको टिम र रुसी अधिकारीको बैठक, हिलारी क्लिन्टनको राष्ट्रपति चुनावी अभियान र डेमोक्रेट्स पार्टीविरुद्ध साइबर हमला, राज्यका मतदाताको डाटाबेसमाथि निशाना बनाउनु र  सामाजिक सञ्जालमा झुठा वा पक्षपातपूर्ण सामग्रीलाई बढवा दिनु आदि यसका उदाहरण हुन्।

पछिल्लो महिना रिपब्लिकन पार्टीको नेतृत्व रहेको सिनेटको एक प्यानलले समेत यो शंकाको समर्थन गरेको थियो कि रुस ट्रम्पको जित चाहन्थ्यो। अब सन् २०२० मा हिलारी क्लिन्टनको ठाउँमा जो बाइडन छन्। नेश्नल काउन्टर इन्टलिजेन्स एन्ड सेक्युरिटी सेन्टरका प्रमुख विलियम एवानिना भन्छन्, 'रुसले पूर्वउपराष्ट्रपति बाइडनलाई मुख्यरुपमा बदनाम गर्ने कोशिश गरिरहेको छ।'

खुफिया एनेन्सी एफबीआईका निर्देशक क्रिस्टोफर रेका अनुसार रुसले हस्तक्षेप कहिल्यै बन्द गरेको छैन। सन् २०१८ को कांग्रेस चुनावको समयमा भएको कोशिशलाई क्रिस्टोफरले सन् २०२० मा गरिने कार्यक्रमका लागि रिहर्सल मानेका छन्। यद्यपी रुसले लगातार यो वर्षको सुरुवातमा रुसले हस्तक्षेपको आरोपलाई  'पागलपनले भरिएको घोषणा' बताउँदै यो अरोपमा कुनै सत्यता नभएको बताएको छ। 

विश्लेषकको अर्को एक मत समेत छ। उनीहरु रुसले भ्रम फेलाएर आफ्ना विरोधीलाई अस्थिर बनाउन चाहेको बताउँछन्। उदाहरणका लागि यो वर्ष युरोपियन युनियनको एक दस्तावेजमा कोरोना भाइरसलाई लिएर फेक समचार फैलाउने अभियानमा रुस रहेको दाबी गरिएको छ।

दस्तावेज अनुसार रुसले यसको जवाफमा युरोपियन युनियनका देशलाई आपसमा कुरा गर्न कठिनाइ उत्पन्न गराउन चाहेको थियो। यद्यपी रुसले यी आरोपलाई निराधार बताएको छ।

उम्मेदवार के भन्छन् ?

डेमोक्रेट उम्मेदवार जो बाइडनले रुसलाई प्रतिद्वन्द्वी बताउँदै यदि  रुसको हस्तक्षेप जारी रहे उसले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेपको आरोप खारेज गर्दै आएका छन्। जबकि उनकै खुफिया विशेषज्ञ ट्रम्पसँग सहमत हुन सकेका छैनन्। भ्लादिमिर पुटिनसँग सन् २०१८ मा भएको सम्मेलनपछि ट्रम्पसँग सोधियो कि यी दाबीमाथि अमेरिकी खुफिया विभागको भरोसा गर्नुहुन्छ कि पुटिनको?

यसको जवाफमा उनले भनेका थिए,'राष्ट्रपति पुटिनले भनेकी यसमा रुसको संलग्नता छैन। यस्तो हुनुमा मैले कुनै कारण देखेको छैन।' तर पछि उनी आफ्नै अभिव्यक्तिबाट पछि हटेका थिए।

के यो पटक चीनको खतरा छ?

ट्रम्प प्रशासनका प्रमुख व्यक्तिको तर्क छ कि यो वर्ष रुस हैन चीन मुख्य खतराकारुपमा देखिएको छ। अटोर्नी जनरल विलयम बार भन्छन् कि खुफिया रिपोर्ट हेरेर मैले यो निष्कर्ष निकालेका छन्। हाउस अफ रिप्रेन्टिटिभ्स इन्टेलिजेन्स कमिटीको अध्यक्षता गरिरहेका डेमोक्रेट नेता एडम चिफ वारको अभिव्यक्तिलाई झुठको संज्ञा दिन्छन्। 

एवानिना आफ्नो मूल्याकंनमा भन्छ– 'अमेरिका खुफिया विभागले चीन राष्ट्रपति ट्रम्पसँग खुसी छैन। र, ट्रम्पले दोस्रो पटक चुनाव जितुन भन्ने पक्षमा समेत देखिँदैन। चीन  चुनावलाई प्रभावित गर्ने प्रयासमा छ। चीनको हितको विरोध गर्ने राजनीतिज्ञमाथि उसले दबाब बढाउन खोजेको छ।'

यहाँ प्रभावित शब्दको प्रोगलाई ध्यान दिन आवश्यक छ। चीन सामाजिक सञ्जालमार्फत प्रभावित गर्ने कोशिशमा छ वा अन्य कुनै तरिकाले यो भने स्पष्ट छैन। एवानिना भन्छन् कि चीन जोखिम मोलेर आक्रामक रुपमा अघि आउन सक्छ। फेसबुकले हालै चीनसँग जोडिएका एकाउन्टको नेटवर्क बन्द गरिदिएको छ। यद्यपी चीन अर्को देशको घरेलु मामलामा हस्तक्षेप गर्ने विषयलाई अस्वीकार गर्छ। चीनले दोस्रो देशको आन्तरिक मामलामा हस्तक्षेप गर्नु आफ्नो उद्देश्य र रुची नभएको बताउँदै आएको छ। 

अमेरिका र चीनको सम्बन्ध अहिले निकै चिसो भएको छ। कोरोना महामारीलाई लिएर हङकङमा विवादित सुरक्षा कानून लागू गर्ने विषय लगायतमा दुई देशबीच विवाद छ। चीनमाथि नरम भएको ट्रम्पको आरोपप्रति बाइडनले भनेका छन् कि चीनविरुद्ध मानवअधिकार र अन्य मुद्दामा म बलियो रुपमा लड्नेछु। 

इरानले कसरी प्रभावित गर्न सक्छ?

एवानिनाले आफ्नो बयानमा भनेको छ कि इरान राष्ट्रपति ट्रम्पको आगामी कार्यकालको विरुद्धमा छ। किनकी ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भए इरानमा सत्ता परिवर्तनका लागि मानिसहरुलाई भड्काउने अमेरिकी दबाब जारी रहनेछ।

अमेरिकी खुफिया विभागलाई समर्थन गर्दै दिग्गज सफ्टवेयर कम्पनी माइक्रोसफ्टले भनेको छ कि ह्याकरहरु रुस, चीन र इरानका साथ गठजोड गरिरहेका छन् र अमेरिकी चुनावमा सहभागी महत्वपूर्ण व्यक्तिहरुको जासुसी गर्ने कोशिश गरिहरेका छन्। 

कम्पनीले भनेको छ इरानले यो वर्षको मे र जुन महिनाको बीचमा फोसफोरस नाम समूह प्रयोग गरेर ह्वाइट हाउसका अधिकारी र ट्रम्पको चुनावी अभियानका स्टाफको एकाउन्ट ह्याक गर्ने असफल प्रयास गरेको थियो। इरानले माइक्रो सफ्टको यो रिपोर्टलाई हास्यास्पद भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादेहले भनेका छन्,'इरानलाई यो विषयमा चिन्तित छैन कि ह्वाइट हाउसमा को राष्ट्रपति बनिहरेको छ।'

एटलान्टिक काउन्सिलले यो वर्ष इरानी प्रभाव बढाउने कोशिशका बारेमा एक रिपोर्ट गरेको थियो। जसमा भनिएको थियो कि इरानको ध्यान कसरी राष्ट्रिय एजेन्डामा केन्द्रित छ र ऊ मध्यपूर्वमा आफ्नो वर्चस्व बनाउने कोशिशमा छ। 

ट्रम्प र बाइडन के भन्छन् ?

अमेरिकी चुनावमा सम्भावित प्रभाव वा नीतिलाई हेरेर रुस वा चीनलाई झैं इरानलाई मुख्य चुनौतीका रुपमा हेरिएको छैन। राष्ट्रपति ट्रम्पले इरानविरुद्ध कडा नीति अपनाएका छन्। चाहे त्यो परमाणु सम्झौताका विषयमा होस् वा शक्तिशाली जनरल कासिम सुलेमानीको हत्याको आदेश दिँदा होस्। 

जो बाइडन भने ट्रम्पको यो नीति फेल भएको बताउँछन्। सिएनएनका लागि लेखेको एक लेखमा उनले भनेका थिए –कि इरानमाथि कडा हुन धेरै र स्मार्ट तरिका हुन सक्थे। 'अस्थिर बनाउन गतिविधिबाट पछि हट्न भन्न सकिन्थ्यो र कूटनीतिका लागि बाटो खोल्न सकिन्थ्यो।'

 

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्