कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु
राजविराज, असोज १५ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको विराटनगरको नोबेल...
राजविराज, असोज १५ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।
ती पुरुष अस्पतालको आईसीयू कक्षमा उपचाररत थिए। दाहालका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको समस्या थियो। योसँगै कोरानाबाट सप्तरीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
प्रकाशित मिति: ००:३५ बजे, शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











