Kathmandu Press

मोरङमा बिहीबार थपिए १०५ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ : मोरङमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा मोरङमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि...
मोरङमा बिहीबार थपिए १०५ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १५ : मोरङमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा मोरङमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र ३९ जना महिला रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५०९ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ९६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:४२ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्