Kathmandu Press

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना पुष्टि

काठमाडौं, असोज १५ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ।कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण...
कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना पुष्टि

काठमाडौं, असोज १५ : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।

प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रमुख कलौनी ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका थिए।

प्रदेश प्रमुखको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सार्थ उनी चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बसेका छन्।

बुधबार बिहान प्रदेश प्रमुख कलौनीसहित कार्यालयका सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २२:३५ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्