Kathmandu Press

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं, असोज १५ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न...
भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौं, असोज १५ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ। 

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी शैक्षिक संस्थाले मनलाग्दो शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताए। ‘कोभिड–१९ को महामारीका कारण पढाइ नभइरहेको अवस्थामा भर्नाका नाममा चर्को शुल्क लिने विद्यालयलाई कडा कारबाही गर्नुपर्छ,’ उनले भने।

Hardik ivf

अध्यक्ष ढुङ्गानाले पीसीआर परीक्षण गर्न सर्वसाधारण रातभर लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै पीसीआर परीक्षणलाई सहज बनाउन आग्रहसमेत गरे।

नेविसंघले डा गोविन्द केसीले उठाएका जायज मागको सम्बोधन गरी डा केसीको जीवनरक्षा गर्न सरकारसँग मागसमेत गरेको छ। यस्तै बझाङकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्यामा संलग्नलाई तत्काल कडा कारबाही गर्नुपर्ने बताएको छ। 

नेविसंघका महामन्त्री दीपक भट्टराईले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सासहितको पाठ्यक्रम विक्री वितरण खुला गर्नुपर्ने बताए। ‘पुस्तकमा तथ्यगत त्रुटि छ भन्ने बहानामा पुस्तक वितरणमा सरकारले ढिलाइ गर्न हुँदैन,’ उनले भने।
 

प्रकाशित मिति: २०:३४ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्