वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा ईश्वर पोखरेलका सम्धीले लिए सपथ
काठमाडौं, असोज १५ : राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा प्रा डा उपेन्द्र कोइरालाले सपथ ग्रहण गरेका छन्।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी...
काठमाडौं, असोज १५ : राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा प्रा डा उपेन्द्र कोइरालाले सपथ ग्रहण गरेका छन्।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी रहेका कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले सपथ खुवाएका हुन्।
कोइरालाको नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सपथ रोकिएको थियो।
कोइरालालाई तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयमार्फत् भदौ ७ गते वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए।
प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

