Kathmandu Press

वेब सिरिज लिएर आउँदै धोनी र साक्षी

नयाँ दिल्ली, असोज १५ : क्रिकेट महेन्द्रसिंह धोनी र उनकी पत्नी साक्षी वेब सिरिज लिए आउन लागेका छन्।उनीहरु ओटीटीमा वेब सिरिज ल्याउन लागेको...
वेब सिरिज लिएर आउँदै धोनी र साक्षी

नयाँ दिल्ली, असोज १५ : क्रिकेटर महेन्द्रसिंह धोनी र उनकी पत्नी साक्षी वेब सिरिज लिएर आउन लागेका छन्।

उनीहरु ओटीटीमा वेब सिरिज ल्याउन लागेको जनाएको छ। उनको कम्पनी नै वेब सिरिज निर्माणमा जुटेको छ।

भारतीय क्रिकेट टिमका पूर्वक्याप्टन धोनीले सन् २०१९ मा धोनी इन्टरटेनमेन्ट कम्पनी खोलेका थिए। त्यही कम्पनीले वेब सिरिज निर्माण गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो एउटा नयाँ लेखकको किताबमा आधारित रहेको जनाएको छ। किताब पनि रिलिज भएको छैन। आइएएनएससँग कुराकानी गर्दै साक्षीेले मनोरञ्जन क्षेत्रमा काम गर्न खोजेको बताएकी छन्।

पौराणिक विज्ञानमा आधारित कथामा वेब सिरिज निर्माण भइरहेको छ। यसमा साक्षीेले समय दिइरहेकी छन्। उनले धेरै समय निर्माण कम्पनीलाई नै दिइरहेको बताएकी छन्।

 

प्रकाशित मिति: १८:४८ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्