Kathmandu Press

भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं, असोज १४ : माछापुच्छ्रे  बैंक लिमिटेडमा भारतबाट नेपालमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने भएको छ।बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीका...
भारतबाट माछापुच्छ्रे बैंकमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं, असोज १४ : माछापुच्छ्रे  बैंक लिमिटेडमा भारतबाट नेपालमा पैसा पठाउँदा अतिरिक्त शुल्क नलाग्ने भएको छ।

बैंकले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीका लागि भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत अतिरिक्त शुल्क नतिरेरै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो।

चाडपर्वको समयलाई लक्षित गरेर असोज १२ गतेदेखि सरु गरिएको यो व्यवस्था दुई महिनाका लागि मान्य हुनेछ। यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लिमिटेडका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ।
 

प्रकाशित मिति: ०१:१९ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्