Kathmandu Press

उखु किसानले पाउने भए भुक्तानी

सर्लाही, असोज १४ : सर्लाहीका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम पठाइएको छ।सर्लाहीका उखु किसानका लागि २१ करोड ३४ लाख ९५ हजार...
उखु किसानले पाउने भए भुक्तानी

सर्लाही, असोज १४ : सर्लाहीका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम पठाइएको छ।

सर्लाहीका उखु किसानका लागि २१ करोड ३४ लाख ९५ हजार रूपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

“उखु किसानका लागि सरकारले पठाउनु पर्ने २१ करोड ३४ लाख ९५ हजार  रूपैयाँ निकासा भएको छ। अझै २.५ प्रतिशत बजेट कम निकासा हुन बाँकी छ”, कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले भने। 

गत आर्थिक वर्षमा किसानहरुले पाउनु पर्ने रकम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष पठाएको हो। जिल्लाको सर्वेअनुसार उखु किसानका लागि २१ करोड ७९ लाख ३८ हजार ६५ रूपैयाँ निकासा हुनुपर्ने थियो। आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा अर्थ मन्त्रालयले मुलुकभरका उखु किसानलाई दिनुपर्ने सरकारी अनुदानका लागि ९५ करोड रूपैयाँ छुट्टयाएको थियो। 

हाल सो रकम दामासाहीका हिसाबले जिल्लागत रुपमा निकासा गर्दा २.५ प्रतिशतले कमी रकम सर्लाही आएको हो। केही दिनभित्रै जिल्ला भुक्तानी समितिको बैठक बसेर किसानलाई भुक्तानी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने कोलेनिका प्रमुख थपलियाले बताए।  

बजेट कम भएकाले एकसरो भ्याएजति किसानलाई भुक्तानी सक्ने र बाँकी किसानलाई बाँकी रकम निकासा भएपछि भुक्तानी गर्न सकिने गरी काम अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको समितिका सदस्य­सचिव समेत रहेका कोलेनिका प्रमुख थपलियाले बताए। 

केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य ५३६.५६ रुपैयाँ तोक्ने क्रममा उद्योगीले ४७१.२८ रुपैयाँ तथा सरकारले प्रतिक्विन्टल  ६५.२८ रुपैयाँ अनुदानस्वरुप किसानलाई उपलब्ध गराएको छ । सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो।

तीन वटा चिनी उद्योग रहेको सर्लाहीमा २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको हरिवन-­११ स्थित इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका उखु प्रबन्धक योगनारायण रजकले बताए। रासस

प्रकाशित मिति: ००:३५ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्