दशैंमा खसी अनलाइनमार्फत मगाउन सकिने, काठमाडौं उपत्यकामा घरमै डेलिभरी
काठमाडौं, असोज १४ : श्रीराम ग्रुप अफ कम्पनीले दशैंलाई लक्षित गर्दै घरमै जिउँदो खसी पुर्याउने सुविधा ल्याएको छ। अनलाइन खसी डटकमबाट ग्राहकको छनोट अनुसारको खसी...
काठमाडौं, असोज १४ : श्रीराम ग्रुप अफ कम्पनीले दशैंलाई लक्षित गर्दै घरमै जिउँदो खसी पुर्याउने सुविधा ल्याएको छ।
अनलाइन खसी डटकमबाट ग्राहकको छनोट अनुसारको खसी घरमै पुर्याउने सुविधा कम्पनीले ल्याएको हो। यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र उपलब्ध हुने कम्पनीका बजार व्यवस्थापक ईश्वर ढकालले जानकारी दिए।
कोरोना महामारीको अवस्थामा ग्राहकले खसीको लागि हाटबजार चाहार्नु नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको ढकालले बताए। 'दशैंमा खसी घरमै बसी-बसी भन्ने हाम्रो नारा छ। हामी ग्राहकको माग अनुसारको स्वस्थ खसी घरमै पुर्याउँछौँ,' उनले भने।
सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, उदयपुरमा स्थानीय कृषकले पालेका लोकल खसी अनलाइन खसी डटकममार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ। खसी खरिदका लागि सुरुमा ग्राहकले २५ सय रुपैँया भुक्तानी गर्नुपर्ने र घरमै खसी आएपछि बाँकी रकम तिर्न सकिने ढकालले बताए।
कृषकबाट खसी खरिद अघि कम्पनीको भेटनरी चिकित्सकले त्यसको स्वास्थ्य परीक्षण गर्ने र स्वस्थ रहेको यकिन भएपछि मात्रै खरिद गरी ग्राहककोमा पुर्याउने कम्पनीले जनाएको छ। कृषक र ग्राहकलाई जोड्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले बताएको छ।










-1754206481.jpg)
