Kathmandu Press

नवजात शिशुसहित गण्डकीमा ३३ जनामा कोरोना

पोखरा, असोज १४ : नवजात शिशुसहित गण्डकी प्रदेशमा ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा...
नवजात शिशुसहित गण्डकीमा ३३ जनामा कोरोना

पोखरा, असोज १४ : नवजात शिशुसहित गण्डकी प्रदेशमा ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन्। योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या तीन हजार आठ सय ६६ पुगेको छ।

संक्रमित हुनेमा नवलपरासीका २८, कास्की र गोरखाका एक⁄एक जना रहेका छन्। त्यस्तै २० घन्टाको नवजात शिशुसहित कास्कीका दुईमा संक्रमण देखिएको छ। दुवै जना बृद्ध रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

प्रकाशित मिति: २०:१८ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्