Kathmandu Press

सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बृद्धि

काठमाडौं, असोज १४ : आज पनि नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ।मंङलबार प्रतितोला नौ सयले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला...
सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बृद्धि

काठमाडौं, असोज १४ : आज पनि नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ।

मंङलबार प्रतितोला नौ सयले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला पाँ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार सात र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार दुई सय तोकेको छ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ रहेको थियो।

यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले वृद्धि भई एक हजार एक सय ९० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, असोज १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्