Kathmandu Press

नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज १३ : केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज भने बढेको छ। आज प्रतितोला नौ सय रुपैयाँले बढेको हो।मंगलबार छापावाला सुन...
नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, असोज १३ : केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज भने बढेको छ। आज प्रतितोला नौ सय रुपैयाँले बढेको हो।

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार दुई सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार ९३ हजार तीन सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि नौ सय रुपैयाँले नै बढेको छ। तेजाबी सुन प्रतितोला ९३ हजार सात सय पुगेको महासंघले जनाएको छ। सोमबार ९२ हजार आठ सयमा कारोबार भएको थियो।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा २५ रुपैयाँ बढेको छ। आजा एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक हजार एक सय ५० रुपैयाँ रहेको थियो।

 

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्