Kathmandu Press

उप्रेतीको ‘हंस’लाई पद्मश्री पुरस्कार, प्रश्रितलाई पद्मश्री सम्मान

काठमाडौं, असोज ११ : पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्मश्री साधना सम्माना साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ।खेमलाल हरिकला...
उप्रेतीको ‘हंस’लाई पद्मश्री पुरस्कार, प्रश्रितलाई पद्मश्री सम्मान

काठमाडौं, असोज ११ : पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्मश्री साधना सम्माना साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार ‘हंस’लाई र पद्मश्री साधना सम्मान प्रश्रितलाई निर्णय गरेको हो। उप्रेतीको उपन्यास ‘हंस’मा समाज, संस्कार, कानुनले मान्छेका सम्बन्धलाई कसरी जटिल बनाइरहेका छन भन्ने देखाउन खोजिएको छ।

Hardik ivf

यसैगरि, ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएको जनाउँदै साहित्यकार प्रश्रितलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

पद्मश्री पुरस्कार २०६३ देखि र पद्मश्री साधना सम्मान २०६७ देखि दिन थालिएको हो। दुवै पुरस्कारको राशी तीनतीन लाख रुपैयाँ रहेको छ। दुवै पुरस्कार कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिन्छ। तर, यस वर्ष कोरोना महामारीका कारण अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

 

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्