Kathmandu Press

यस्तो छ सौगात र सृष्टिको ‘तीन जन्तु’को टिजर

काठमाडौं, असोज ११ : अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म  ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ।कोरोना भाइरसको महामारीका कारण गरिएको...
यस्तो छ सौगात र सृष्टिको ‘तीन जन्तु’को टिजर

काठमाडौं, असोज ११ : अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म  ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ।

कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले फिल्म निर्माण रोकिएको थियो। यस फिल्मको निर्देशन अर्पण थापाले गरेका छन्।

Hardik ivf

फिल्ममा सौगात र सृष्टिसँगै अर्पण थापा, रविन तामाङ, कालु रानाको मुख्य भूमिका रहेको छ। हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको फिल्म आगामी पुष १७ गतेबाट रिलिज हुने जनाएको छ।

आलोक शुक्लाको छायाँकन रहेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। यसलाई रिच इन्टरटेन्मेन्ट, जीजीए ग्रूप र एफडी कम्पनीले वितरण गर्ने भएको छ।

 

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्