Kathmandu Press

गौरिकाले जितिन् १२ स्वर्ण

नेपालगञ्ज, वैशाख ११  : आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत २१ औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेक....

गौरिकाले जितिन् १२ स्वर्ण

नेपालगञ्ज, वैशाख ११  : आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत २१ औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन्। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितिन्। 

उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको बताइन्।  गौरिकाले बधबार ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन्। यसअघि उनले सो दूरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन्। 

यस्तै, एक सय मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितिन्। उनले सो दूरी एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गरिन्। यसअघि गौरिकाले सो दूरी एक मिनेट नौ दशमलव ३० सेकेण्डमा पूरा गरेकी थिइन्। 

गौरिकाले महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन्।

यस्तै, उनले महिला चार गुणा एक सय मिटर रिलेमा समेत स्वर्ण पदक जितिन्। यसअघि पाँचौ राष्ट्रिय खेलकूदमा पौडी खेलाडी करिश्मा कार्कीले पनि १२ स्वर्ण पदक जितेकी थिइन्। 

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, वैशाख ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्