Kathmandu Press

राष्ट्र बैंकलाई उद्योगीहरुको प्रश्न–बैंकको व्याजदर किन घटेन?

काठमाडौं, वैशाख ११ : उद्योगी व्यवसायीहरुले व्याजदर घटाउन नेपाल राष्ट्र बैंक समक्ष माग राखेका छन्। व्यवसायीहरुले वाणिज्य बैंकहरुले व्याजदर नै नघटा....

राष्ट्र बैंकलाई उद्योगीहरुको प्रश्न–बैंकको व्याजदर किन घटेन?

काठमाडौं, वैशाख ११ : उद्योगी व्यवसायीहरुले व्याजदर घटाउन नेपाल राष्ट्र बैंक समक्ष माग राखेका छन्। व्यवसायीहरुले वाणिज्य बैंकहरुले व्याजदर नै नघटाएको गुनासो समेत गरेका छन्। व्याजदर घटाउन र आयातमा कसिलो नीति लिन सुझाव समेत दिएका छन्।  

आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटका लागि राष्ट्र बैंकले सुझाव संकलनका लागि गरेको छलफल कार्यक्रममा व्यवसायीहरुले व्याजदर नघटेको गुनासो गरे। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्प्रेड दर नै घटाएर व्याजदर घटाउन सुझाव दिए।  

बैंकहरुको स्प्रेड दर अधिकतम ५ प्रतिशत तोकिएको छ। यो दरलाई आगामी असार मसान्तभित्र साढे ४ मा झार्नुपर्ने व्यवस्था गरिएको छ। तर, यो पनि उच्च भएको भन्दै गोल्छाले ३ प्रतिशत कायम राख्न सुझाव दिए।  ‘अहिलेको उच्च व्याजदरका कारण आयातित वस्तुसँग प्रतिस्पर्धी हुन सकेनौं, व्याजदर घटाउने गरी नीतिहरु ल्याउनुप¥यो,’ उनले भने। अहिले व्याजदर घटेको भनी हल्ला चलाइए पनि उद्योगीहरुले महसुस गर्न नपाएको उनले गुनासो गरे। 

उत्पादनका क्षेत्रमा जाने कर्जाको व्याजदरलाई एकल अंकमा झार्न उनले सुझाव दिए। बैंकहरुले आधार व्याजदरमा जोड्ने प्रिमियम दर ४ प्रतिशतभन्दा बढी हुन नहुनेमा उनको जोड छ। कतिपय बैंकहरुले कर्जामा जाने व्याजमा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम दर जोड्दै आएका छन्। 

उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारी विकास खर्च समयमै नहुँदा बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने गरेको भन्दै विकास खर्चमा जोड दिए। साथै उनले आयातमा कसिलो नीति अवलम्वन गर्न सुझाव दिए।

‘अनावश्यक धेरै सामानहरु पनि आयात हुने गरेको छ, त्यस्ता सामानको आयात रोकेर गुणात्मक सामानलाई मात्रै दिनुपर्छ’ उनले भने।  आयात नीतिमा निकै खुकुलो हुँदा अनावश्यक सामान भित्रिएको र त्यसले व्यापार घाटा समेत बढ्दै गएकोमा उनले राष्ट्र बैंकको ध्यानाकर्षण गराए। 

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने अहिले पनि बैंकहरुमा तरलताको समस्या रहेको बताए। त्यसका लागि समयमै विकास खर्च बढाउनुपर्ने उनको जोड छ। 
 

प्रकाशित मिति: १८:४० बजे, बुधबार, वैशाख ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्